जनताकै बीचमा सांसद विक्रम खनाल, पश्चिम नवलपरासीका गाउँ-गाउँ पुगेर सुन्दै गुनासो

Tsheringma Sherpa

नवलपरासी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य विक्रम खनाल पछिल्लो समय निर्वाचन क्षेत्रका विभिन्न गाउँ-बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवादलाई तीव्रता दिएका छन्।

सुस्ता गाउँपालिकालगायत विभिन्न स्थानमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा सांसद खनालले स्थानीयवासीका गुनासो, सुझाव र विकाससम्बन्धी माग प्रत्यक्ष रूपमा सुनेका छन्। स्थानीयले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयमा देखिएका समस्याबारे सांसदलाई ध्यानाकर्षण गराएका छन्।

सांसद खनालले जनताबाट प्राप्त सुझाव र गुनासालाई सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनप्रतिनिधि चुनाव जितेर राजधानीमा मात्र सीमित नहुने, नियमित रूपमा जनतामाझ पुगेर उनीहरूको समस्या बुझ्नु आफ्नो दायित्व भएको बताएका छन्।

स्थानीयवासीले पनि जनप्रतिनिधि गाउँमै पुगेर प्रत्यक्ष रूपमा जनतासँग छलफल गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। पछिल्लो समय सांसद खनालले निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर जनसंवाद कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।

प्रतिक्रिया