काठमाडौं, असार २३- प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–एडीबी विकास साझेदारीलाई थप प्रभावकारी बनाउने,
पूर्वाधार विकास, ऊर्जा, यातायात, आर्थिक सुधार तथा दिगो विकासका प्राथमिकताका विषयमा छलफल भएको
जनाइएको छ।
प्रधानमन्त्री शाहले नेपालको विकास प्राथमिकता अनुरूप एडीबीको सहयोगलाई अझ प्रभावकारी
बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। एडीबी अध्यक्ष कान्दाले नेपालको आर्थिक तथा पूर्वाधार
विकासमा एडीबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कान्दा दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका हुन्। भ्रमणका अवसरमा उनले
अर्थमन्त्रीसहित अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको
छ।
नेपाल र एडीबीबीच ऊर्जा, सडक, खानेपानी, शहरी
पूर्वाधार तथा जलवायु अनुकूलनलगायत विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको
छ।