५ साउन, काठमाडौं । पाकिस्तानमा भएको बम विष्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् ।
पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्यालीमा बम विष्फोट भएको थियो । विष्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले जानकारी दिएका छन् ।
आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले बताएका छन् ।
आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन ।
प्रतिक्रिया