काठमाण्डाै । जय ट्रफी एलिट कप क्रिकेटको चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशबीचको खेल बराबरीसमा सकिएको छ ।
आर्मीले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको बाग्मतीले दोस्रो दिनको खेल सकिँदा ५ विकेट गुमाएर ८० रन बनाएको अवस्थामा खेल बराबरीमा सकिएको हो । बाग्मतीका शुभ कंसाकरले ३३ रन बनाए । आर्मीका पवन कार्की र आकाश चन्दले २/२ विकेट लिए ।
आर्मीले आज चिया समयअघि ८ विकेट गुमाएर १ सय २७ रन बनाएको अवस्थामा दोस्रो पारी समाप्तिको घोषणा गरेको थियाे । आर्मीका तृतराज दासले २८, कप्तान विनोद भण्डारीले २७ रन बनाए । बाग्मतीका नन्दन यादवले ४, प्रतिस जिसीले ३ विकेट लिए ।
यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो पारीमा २ सय ७६ रन बनाएको थियो । यस्तै बाग्मतीले ९ विकेट गुमाएर २ सय रन बनाउँदा पहिलो पारी समाप्तिको घोषणा गरेको थियो ।
प्रतियाेगितामा आर्मी र बाग्मती दुवैकाे याे दाेस्राे बराबरी हाे । यसअघि भएका खेलमा आर्मीले पुलिससँग र बाग्मतीले मधेश प्रदेशसँग बराबरी खेलेकाे थियाे ।