नेपाल र अफगानिस्तान यू-१९ बीचको यूथ ओडिआई शृंखला आजदेखि

काठमाडौं । नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखला आजदेखि सुरु हुँदै छ ।

शृंखलाअन्तर्गत पहिलो खेल आज विहान ९:३० बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यही महिना नेपालमै हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला हुन लागेको हो । विश्वकप छनोट मुलपानीमै खेलाइने छ ।

उक्त खेलहरू वाइओडिआई ( यूथ वान डे इन्टरनेशनल ) अर्थात् उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ । दोस्रो खेल ६ अप्रिल र तेस्रो खेल ९ अप्रिलमा हुनेछ । नेपाली यू-१९ टोलीले यसअघि दिल्लीसँगको अभ्यास शृंखला खेलेको थियो ।

प्रतिक्रिया