प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज एपीएफ र आर्मी तथा बाग्मती र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ  प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा आज दुई वटा खेल हुँदैछन् ।

अहिले विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी खेल्दै छन् ।  दिउँसो १ बजे बाग्मती र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदै आएको छ ।

‘सुपर–फोरमा हिजो भएको खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएको थियो । त्यस्तै अर्को खेलमा एपीएफले बाग्मतीलाई १० विकेटले हरायो । ९ वटा टोली सहभागी रहेकोमा समूह ‘ए’ बाट एपीएफ र सुदूरपश्चिम तथा समूह ‘बी’ बाट  आर्मी र बाग्मती ‘सुपर फोर’मा पुगेका हुन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया