नेपाल सुपर लिगमा झापा र काठमाण्डौ गोलरहित बराबरी खेले

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाण्डौ रेजर्स र झापा एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजोको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क पुर्‍याएका छन् ।

जारी प्रतियोगितामा दुवै टोलीको यो दोस्रो बराबरी हो । यसअघि काठमण्डौले ललितपुर सिटी एफसीसँगको खेलमा २–२ गोलको बराबरी खेलेको थियो । झापाले भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो । एनएसएल फुटबलमा आज चितवन एफसी र बुटवल लुम्बिनी खेल्दैछन् । 

प्रतिक्रिया