काठमाण्डौ । दक्षिण एशियाली ओलम्पिक काउन्सिलले पाकिस्तानमा हुने भनिएको १४ औं दक्षिण एशियाली खेलकुद (साग) को मिति तय गरेको छ ।
पाकिस्तानमा बसेको काउन्सिलको बैठकले साग सन् २०२६ को जनवरी २३ देखि ३१ तारिखसम्म गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।पाकिस्तानका लाहोर, इस्लामाबाद र फैसलाबादमा साग अन्तर्गतका खेलकुद हुने निर्णयसमेत भएको छ ।
सन् २०१९ मा नेपालमा भएको १३ औं सागको समापनका क्रममा सन् २०२१ मा पाकिस्तानले १४ औं साग आयोजना गर्ने भन्दै झन्डा हस्तान्तरण गरेको थियो । साग हरेक दुई वर्षमा हुनुपर्ने थियो । पाकिस्तानले पछिल्लो पटक सन् २००४ मा नवौं सागको आयोजना गरेको थियो ।
१५ फाल्गुण २०८१, बुधबार ०४:०३ मा प्रकाशित