इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, न्यु क्यासल र उल्भ्स विजयी

काठमाण्डौ  इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ह्यामलाई हराएको छ । हिजोको खेलमा लिभपुलरले वेस्ट ह्यामलाई २–१ ले हराएको हो ।

अर्को खेलमा न्यु क्यासलले म्याचेस्टर युनाइटेडलाई  ४–१ गोल अन्तरले हराएको छ । यस्तै उल्भ्सले टोटनह्यामलाई ४–२ ले पराजित गर्दा चेल्सी र इपस्वीच टाउनले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिगमा लिभरपुल ७६ अङ्कका साथ शीर्ष स्थानमा छ । ६३ अङ्क रहेको आर्सनल दोस्रो र ५७ अङ्कका साथ नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छन् । 

प्रतिक्रिया