अफगानिस्तानले अस्ट्रेलियालाई दियो २ सय ७४ रनको लक्ष्य

काठमाण्डाै  आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ ।

लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । अफगानिस्तानका सेदिकुल्लाह अटलले ८५, अजमतुल्लाह ओमरजाईले ६७ रन बनाए । अस्ट्रेलियाका बेन ड्वारशुइसले ३ तथा स्पेन्सेर जोनसन र एडम जम्पाले २/२ विकेट लिए ।

अस्ट्रेलिया २ खेलमा ३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ । यो खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । यो समूहबाट इङ्गल्यान्ड बाहिरिइसकेको छ भने दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।

प्रतिक्रिया