नेपाल सुपर लिगमा पोखरा र धनगढीको खेल बराबरी

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र पोखरा थन्डर्सले गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।

धनगढी तीन खेलबाट ५ अङ्कसहित तेस्रो स्थानमा छ । ५ खेल खेलेको पोखरा ४ अङ्कसहित पाँचौं स्थानमा छ । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ । 

प्रतिक्रिया