नेपाल सुपर लिग आजदेखि : उद्घाटन खेलमा ललितपुर र काठमाण्डौले खेल्दै

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आजदेखि शुरू हुँदैछ ।

उद्घाटन खेलमा त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्सले खेल्दैछन् । खेल बेलुका ६ बजे शुरू हुनेछ ।

नेपाल सुपर लिग नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको हो । प्रतियोगितामा यसपटक ७ टोली काठमाण्डौ र ललितपुरसहित पोखरा, झापा, धनगढी, बुटवल र चितवन सहभागी छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

प्रतिक्रिया