नेपाल सुपर लिग फुटबलमा काठमाण्डौलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा धनगढीले काठमाण्डौ रेजर्सलाई ३–१ को गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

धनगढीको जीतमा अहमद हिजाजीले ह्याट्रिक गरेका छन् । जीतसँगै चार खेलमा आठ अङ्क जोडेको धनगढी शीर्ष स्थानमा उक्लिएको छ ।

समान अङ्क रहे पनि ललितपुर सिटी एफसी गोलअन्तरमा पछि परेको छ । पराजित काठमाण्डौ ५ खेलबाट ५ अङ्कका साथ चौथो स्थानमा छ । एनएसएलमा आज झापा एफसी र पोखरा तथा बुटवल लुम्बिनी र ललितपुर खेल्दैछन् । 

प्रतिक्रिया