काठमाडौं । काठमाडौंमा जारी यूथ ओडिआई शृंखला अन्तर्गत नेपाल र अफगानिस्तानको युवा टोलीबीचको दोस्रो ओडिआई खेल आज हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेल विहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा नेपाललाई अफगानिस्तानले १३० रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल आजको खेल जित्दै बाउन्स ब्याक गर्ने लक्ष्यमा हुनेछ । आगामी सातादेखि यहीँ सुरु हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला खेलिएको हो । तीन खेलको शृंखलामा तेस्रो खेल बुधबार हुनेछ ।
२४ चैत २०८१, आईतबार ०१:४५ मा प्रकाशित