च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र पीएसजी विजयी

काठमाण्डौ  युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई हराएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ४–० गोल अन्तरले हराएको हो । यस्तै गएराति भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले  एस्टन भिलालाई  ३–१ गोल  अन्तरले हराएको छ ।

यसअघिको खेलमा आर्सनलले रियल म्याड्रिडलाई  र इन्टर मिलानले बायर्न म्युनिखलाई  हराएका थिए ।

प्रतिक्रिया