नेपाल सुपर लिगमा पोखराले काठमाण्डौलाई हरायाे

काठमाण्डौ  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पाेखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई हराएकाे छ । दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पोखराले काठमाण्डौलाई २–० गोलले हराएको हो ।

पाेखराका लागि स्टेफेन समिर बिनोङ र एलिजोन एलिजोनोभले एक–एक गोल गरे । यस्तै अहिले दोश्रो खेलमा धनगढी र ललितपुरको खेल चलिरहेकाे छ । सात टोली सहभागी प्रतियोगितामा चितवन एफसी छ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया