काठमाण्डौ । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनल खेल आज हुँदैछ । भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीचको खेल भने चिसो मौसमका कारण स्थगित भएको थियो । हिजो स्थगित भएको खेल आज भएपछि फाइनल खेल हुनेछ ।
२५ पुस २०८१, बुधबार ०२:३० मा प्रकाशित