काठमाडौं । ट्रेन्ट एलेसान्डर–अर्नोल्डले लिभरपुल छाड्ने घोषणा गरेका छन् । अर्नोल्डले सोमबार सामाजिक सञ्जालमार्फत एन्फिल्ड छोड्ने घोषणा गरेका हुन् । ६ वर्षको उमेरदेखि लिभरपुलमा रहेका अर्नोल्डले यो आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय भएको बताएका छन् ।
“यो पछिल्लो २० वर्षयता क्लब मेरो पूरा जीवन र संसार बनेको छ । एकेडेमीदेखि हालसम्म मैले मैदान बाहिर र भित्र पाएको समर्थन सदैव रहिरहनेछ । म तपाईंहरूप्रति सधैँ कृतज्ञ रहनेछु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हालको यो मेरो निर्णय आफ्नो सहज क्षेत्रबाट बाहिर निस्किएर नयाँ चुनौतीका लागि गरिएको हो ।”
२६ वर्षीय मिडफिल्डर अर्नोल्डले सन् २०१६ मा लिभरपुलको सिनियर टिमबाट डेब्यु गरेका थिए । यसक्रममा उनले लिभरपुलबाट ३५२ खेल खेल्दा २३ गोल गरेका छन् ।
२४ बैशाख २०८२, मङ्गलबार १२:१५ मा प्रकाशित